३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

२०२२ मा १२ हजार अमेरिकी डलरमा लिलामी गरेको दूर्गाको मूर्ति अमेरिकाबाट नेपाल फर्काइँदै



काठमाडौं । पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ । म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३.२५ इन्चको उक्त मूर्ति न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ ।

समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे । १४ औंदेखि १८ औं शताब्दी पुरानो अनुमान गरिएको उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यकाबाट हराएको थियो ।

उक्त मूर्तिलाई सन् २०२२ को मार्चमा एक निजी घरमा लिलामीमा राखेको पाइएको थियो । त्यसको मूल्य करिब १२ हजार अमेरिकी डलर तोकिएको थियो । महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभाग र नेपालको पुरातत्व विभागले यसको पुनः प्राप्तीमा सहयोग गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १२ : २३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.