१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

जिल्ला अदालत काठमाडौंको भवनको नक्सा पास नभेटिएपछि प्रमाण पठाउन निर्देशन,नत्र कारबाही हुने



काठमाडौँ । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो । महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले भने, हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं ।

महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।

बुधबार न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको स‌‌रचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताएका थिए । उनैले अदालतको भवनको नक्सा पास भएको नभेटिएकाले पत्र काटेको जानकारी दिएका थिए ।

महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो ।

भवन विभाग प्रमुख श्रेष्ठले भने, अदालतको नक्सा पास भएको हामीले प्रमाण भेटेनौं । हामीले पत्र काटेर त्यसको जानकारी दिन भनेका छौं । यदि छैन भने कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : ५० बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.