३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

विदेश हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो



काठमाडौँ । भिजिट भिसामा विदेश उड्न लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । भिजिट भिसा बाहेक ३९ जनालाई फिर्ता गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले बताए ।

धेरैजसो गल्फ र मिडल इस्टमा जान लागेका महिलाहरुले नक्कली कागजात पेश गरेर भिसा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

भिजिट भिसामा विदेश जान सरकारले तोकेको मापदण्ड उनीहरुले पुरा नगरेको डीआईजी ज्ञवालीले बताए । भिसा सक्कली भएपनि नक्कली कागजात पेश गरेर उनीहरुले भिसा लिएको भेटिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : ४९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.