१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

बालेनले दरबारमार्गको संरचनाहरुको सामान हटाउन दिए समय ,आजै कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमन



काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) यतिबेला नक्सा पास बिहिन संरचना भत्काउनमा उनि सहित नगर प्रहरी डोजर सतिको टिम सक्रिय भएको देखिन्छन् । उनको कामको कारण कतिको व्यवसाय चौपट्ट भएको व्यवसायीको भनाई रहेको छ ।

व्यवसायीले बेहोर्नु परेको नोक्सानबारे घरधनीले बेहोर्नु पर्ने उनको भनाई रहेको छ । जब घरधनीले नक्सा पास नगरी सटर बनाई व्यवसायीलाई भाडामा दिएको र व्यवसाहीग्राहीले नोक्सान बेहोर्नु परेको उनको भनाई रहेको छ । नयाँ वानेश्वरबाट संरचना भत्काउन सुरुवात गरेको बालेन टिमले काठमाडौं मल,आर बी कम्प्लेक्स हुदै दरबारमार्ग सम्म पुगेका छन् ।

दरबारमार्गमा रहेको नक्सा पास नभएको संरचनाहरुको सामान हटाउन आज र भोलि समय दिएको बताएका छन् । दरबारमार्ग लगाएत अन्य ठाँउमा रहेको नक्साबिहिन संरचना भत्काउने उनको अडान रहेको छ । आज बेलुका बालेनले कोटेश्वरमा रहेको फुटपाथ र पार्किङस्थलको अनुगमन गर्ने भएका छन् । त्यहाँ रहेको संरचना सम्बन्धी अनुगमन गर्ने र नक्सा पास बिहिन पसल क्याफेहरु छ भने भत्काउने उनको भनाई छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : ४६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.