२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

न्युरोडको आर बी कम्प्लेक्समा पनि डोजर चल्यो, मेयर भन्छन् यसको क्षतिपूर्ति घरधनीले हेर्नुपर्छ



काठमाडौँ । न्युरोडको आर बी कम्प्लेक्समा पनि काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । नक्सा पास बिनै बनाएको संरचनाहरुमा महानगरले अहिले सबै ठाउँमा डोेजर चलाएको हो । नयाँ वानेश्वरबाट संरचना भत्काउन सुरु गरेको महानगरपालिकाले काठमाडौं मल सगै आर बी कम्प्लेक्समा रहेको नक्सा बिहिन संरचनामा डोजर चलाएको छ ।

नक्सा पास बिनै सटर बनाई व्यवसाय गरिरहेका व्यवसायी भने यतीबेला मारमा परेका छन् । अण्डरग्राउण्ड पार्किङ क्षेत्र बनाउने उदेश्यले यस्तो कदम चालेको नगरको भनाई रहेको छ । मेयर बालेन शाहकै उपस्थीतिमा सबैतिरको संरचनामा डोजर चलाइएको छ ।

अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठुलो संख्यामा प्रहरी र डोजरसहित पुगेका बालेनले पिडीत व्यापारीसँग घरधनीले गैरकानुनी रुपमा संरचना भाडामा लगायो अब यसको क्षतिपूर्ति घरधनीले व्यहोर्नु पर्ने उनको भनाई रहेको छ । नक्सा पासबिनाको संरचना सबै हटने उनको भनाई रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  २ : २९ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.