१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

काठमाडौँ महलको अनधिकृत संरचनामा महानगरले डोजर चलायो



काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले काठमाडौँ महलको अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको थियो ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो । जसले भूमिगत पार्किङमा समस्या थपेको छ । नक्सा विपरीत संरचना बनाई उपयोग गरिरहेको ठाँउमा डोजर चलाइ खाली गरिएको छ । भूमिगत पार्किङको लागी यस्तो कदम चालेको बालेनको भनाई रहेको छ । त्यहाँ व्यवसाय गर्दै आएका केहि व्यवसायी भने मारमा परेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ५ : ५५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.