७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

स्थायी कमिटी बैठकमा ओलीले प्रतिवेदनका बारेमा ब्रिफिङ गर्ने



काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी १० गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेका छन् । मंगलबार बसेको बैठकमा यसअघि सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै आगामी केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

  ओलीले आफ्नो प्रतिवेदनमा खासगरी राष्ट्रिय अन्तराष्ट्रिय अवस्था, देशभित्रको शक्ति सन्तुलनको अवस्था, सरकारको गलत नीति क्रियाकलाप र पार्टी संगठनका साथै आगामी दिनमा गर्नुपर्ने कामका विषयलाई समेट्ने भएका छन् । प्रचार विभाग प्रमुख गुरुङले यसअघि बसेका सचिवालय बैठकले गरेका निर्णयका साथै थप अध्यक्षको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने एजेण्डा थपिएको बताए ।

राजनीतिक प्रतिवेदनमा के के आउँछ भनेर अध्यक्षले ब्रिफिङ गर्नुभयो, त्यसबाहेक सचिवालय बैठकका निर्णय अनुमोदन गर्ने काम भयो’, गुरुङले जानकारी दिए । यसअघिको सचिवालय बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल अध्यक्ष ओलीको संयोजकत्वमा गठन गरेको थियो । साथै केही केन्द्रीय सल्लाहकार र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको थियो ।

एमालेले उम्मेदवार छनोटको मापदण्डको प्रस्ताव पनि केन्द्रीय कमिटीमै पेश हुने भएको छ । ‘उम्मेदवार छनोटको मापदण्ड केन्द्रीय कमिटीमै पेश हुन्छ’, गुरुङको भनाइ छ । साथै बैठकमा गण्डकी प्रदेश इन्चार्जबाहेक अन्य ६ वटा प्रदेशका इन्चार्जले पार्टीको शक्ति सन्तुलनबारे रिपोर्टिङ गरेका थिए । त्यसक्रममा उनीहरुले एक्ला(एक्लै चुनाव लडे एमालेले अधिकांश प्रदेशमा जित्ने र बहुमत ल्याउने दावी गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : ०६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.