३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

वाईसीएलको सचिवमा सोलुखुम्बुका हेमचन्द्र राई चयन, सदस्यहरुमा २ जना चयन



काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग(वाईसीएल)को सचिवमा सोलुखुम्बुका हेमचन्द्र राई चयन हुनुभएको छ । वाईसीएलको केन्द्रीय पदाधिकारीमा नियुक्त हुनुहुने हेमचन्द्र जिल्लाको पहिलो युवा नेता समेत बन्नुभएको छ । यस्तै जिल्लाले दुई केन्द्रीय सदस्य पनि पाएको छ ।

दुई सदस्यहरुमा रश्विन मगर र तमुना राई रहनुभएको छ । मगर वाईसीएल सोलुखुम्बुको संयोजक तथा राई थुलुङ दुधकोशी गाउँपालिकाका कार्यपालिका सदस्य हुनुहुन्छ । राई दोस्रो स्थानीय तहको निर्वाचन बैशाख ३० मा सम्पन्न पालिकाको वडा नम्बर ९ लोखिमबाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.