६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

प्रतिनिधि सभा बैठकमा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन गरिने



काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बसेको छ । आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (कोइराला)ले सो विधेयक प्रस्तुत गरेको छन् ।

यसैगरी बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : ५२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.