२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

दुई ठाउँमा बिहानै शंकास्पद वस्तु (कुकर बम र बमजस्तै वस्तु) फेला परेको छ ।



कैलाली । जिल्लाका दुई ठाउँमा बिहानै शंकास्पद वस्तु (कुकर बम र बमजस्तै वस्तु) फेला परेको छ । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा कपडामा बेरिएको शंकास्पद वस्तु भेटिएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै कुकर बमजस्तो शङ्कास्पद वस्तु फेला भेटिएको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । उक्त शङ्कास्पद वस्तु त्यही समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : २५ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.