६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेचासल्यान गाउँपालिकामा करदाता शिक्षा तथा वायोमेट्रीक दर्ता सम्बन्धि दुई दिने शिविर सकियो



काठमाडौँ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा करदाता शिक्षा तथा वायोमेट्रीक दर्ता सम्बन्धि दुई दिने शिविर गरिएको छ । उद्योग बाणिज्य संघ नेचासल्यानले करदाता सेवा कार्यालय ओखलढुंगासँगको सहकार्यमा शिविर भएको हो । उदघाट्न कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष बिना राईले शिविरले पालिका भित्रका व्यवसायीहरुलाई करको बारेमा जानकारी गराउन र करको दायरामा ल्याउन सहयोग मिल्ने बताइन् ।

गाउँमै शिविरको आयोजना गरि व्यवसायीलाई कर तिर्न ओखलढुंगा सम्म जानुपर्ने झन्जटबाट मुक्त गराएको भन्दै वाणिज्य संघ नेचासल्यानलाई धन्यवाद दिइन् । उद्योग वाणिज्य संघ नेचासल्याननका अध्यक्ष हेमराज भट्टराईले शिविरमा हुने सेवा प्रवाहका विषयमा जानकारी गराउँदै नेचासल्यानवासीको सहजताका लागि शिविरको आयोजना गरिएको बताए । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, करकार्यालयका कर्मचारी, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ०३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.