काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पछिल्ला समय भाइरल बन्न पुगे । हर्कले आँफु एउटा सार्वजनिक पद धारणा गरेको ब्यक्ति भएको बिर्सेर पछिल्ला अभिब्यक्ति अलिक अराजक र अपाच्य खालका दिन थालेका छन् । सामाजिक पद धारण गरेको ब्यक्तिले यस्तो अभिव्यक्ति सार्वजनिक रुपमा दिन मिल्दैन ।
उसले साधारण ब्यक्तिको जस्तो जीवन खोजेर हुँदैन। उसका आचरण, बानी, ब्यहोरा, रहनसहन, चाल चलन, बाणी सबै अनुकरणीय हुनपर्दछ, नकि समाज बिगार्ने काम कदापी गर्न पाउँदैनन् । नेपालका मन्त्री, सांसद, नेता, जनप्रतिनिधि सबै अटाउँछन्। आफ्नो संवेग र आवेगलाई नियन्त्रण गर्न नसक्दा कतिपय ठुलै पद धारण गरेका मानिस पत्तासाफ भएका छन्।
पछिल्लो समय यही दिसामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कमाएको चर्चा यही शैलीमा नै अघि बढे स्खलित हुन बेर नलाग्ने जानकारहरु बताउँछन् । मेयर साम्पाङले गत शुक्रबार विहान करिब ८ मिनेट फेसबुकमा लाइभ आएर काठमाण्डौँका मेयर बोलेन्द्र शाह र काठमाण्डौँको फोहरमा केन्द्रित अभिव्यक्ति दिइरहँदा उनले पदिय मर्यादा भुलेको देखिन्छ ।
उनले आफूलाई सम्हाल्न नसकेर अपाच्य शब्द बालेका छन्। गर्दागर्दै उनले पहेँलोपहेँलो देखिने पेय पदार्थको चुस्की तानेको पनि भिडिओमा देखिन्छ। यसपछि उनको चौतर्फी आलोचना सुरु भएको छ। अन्तिम तिर उनले भनेको अभिब्यक्ति जस्ताको तस्तै ‘विशेष गरी यो मेरो लाइभ विरोधीहरुलाई। हनु मेरो विरोध गरेर के ख्यास्छसर भनेका छन् ।
हर्कले दिएको अभिब्यकित उनले केही पिएर दिएको हुनुपर्ने धेरैको अनुमान रहेको छ । सामाजिक संजालमा पछिल्ला दिनमा उनको बिरोध सुरु भएसँगै भीम उपाध्यायले ‘दारूको नसामा‘ बोल्दै भनेर’ हर्कको त्यही भिडिओको क्लिव शेयर गरेका छन्। उनको यो पोष्टमा धेरैले हर्कको आलोचना गरेको देखिन्छ।
सामाजिक संजालमा दिनेश पराजुली लेख्छन् ‘हर्क काठमाडौ गएको दिन देखि नै काठमाडौ र धरान तुलना गर्दै लेख्नु भोलिपल्टै प्रचण्ड र जनार्दन शर्मालाई भेट्नु। बेलुका प्रचण्ड माथि बालेनले कडा रुपमा नैतिक प्रश्न गर्नु। हर्क धरान फर्किएर झन उग्र बन्दै जानु यो सब संयोग मात्र हो ।
के उपमहानगरपालिकाको मेयर जस्तो मान्छेले यस्तो अभिब्यक्ति दिन र सामाजिक संजालमा सबैलाई देखाउँदै सेवन गर्न मिल्छ रु समाज सुधारको सन्देश दिने मान्छेले नै यस्तो फोहरी शब्द र सार्वजनिक रुपमा सेवन गरेपछि के सन्देश जाला अरु मानिसमा सिर्जना हुने प्रश्न हो।
कतिपय टिप्पणीकारहरुले हर्कले राम्रो काम गरे पनि अन्तिममा ब्यक्तिगत अहमताकै कारण कहिल्यै उठ्न नसक्ने गरी पछारिन सक्ने अनुमान समेत सुरु भएको छ । हिजो जति हाइहाइ र वाहवाही बटुलेका थिए हर्कको यो भिडियो बाहिर आएसँगै उनको निकै आलोचना भइरहेको छ ।
गतसाता उनी काठमाडौँ आए । काठमाडौँ आएको मौकामा अन्तरवार्ता दिन निकै ब्यस्त बने । मेयर हर्क सम्पाङ अहिले धरान फर्किसकेका छन् । उनी काठमाडौँ बसुन्जेली अन्तरवार्ताका अलावा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बालेन शाह र केन्द्रिय नेताहरुलाई घोचपेच गरेर स्टाटस पनि लेखे ।
सामाजिक संजालमा निकै सक्रिय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने तत्कालै प्रतिक्रिया जनाए । बालेनले जवाफ फर्काउँदै हर्कका हरेक पोस्टमा जवाफ दिएका छन् । जब हर्कले काठमाडौँ देशकै राजधानीका सडकमा थुप्रिएको फोहोर देखेर श्रमदान गर्न मन लाग्यो भनेपछि सुरु भएको जुहारी भने निकै रचनात्मक भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् । दुवै मेयरहरुले विकाश र रचनात्मक कामको विषयमा बहस गरेको भन्दै यो कुनै अनौठो कुरा नभएको समेत रविले प्रतिक्रिया दिए ।