५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पहिलो नेपाल कन्सर्टका लागि अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन काठमाडौं आइपुगे



काठमाडौं । पहिलो नेपाल कन्सर्टका लागि अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) बुधबार काठमाडौं आइपुगेका छन् । अपरान्ह त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न फ्यानको भीड थियो । काठमाडौंमा जन्मिएका दिवेश सांगीतिक मञ्चमा चाहिं अर्थर गन नामले चर्चित छन् ।

विमानस्थलमा आउँदा उनी नेपाली ढाकाटोपीमा सजिएका थिए । उनीसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन् । उनले काठमाडौंसहित मुलुकका सात सहरका कन्सर्ट गर्दैछन् । भदौ ४ गते काठमाडौंमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुँदैछ ।

काठमाडौंका अन्य दुई स्थानमा समेत कन्सर्ट हुँदैछ । आयोजक ब्रेन सर्भिसिङले उनको कन्सर्टको व्यवस्थापन हेरिरहेको छ । नेपाल बसाइमा उनले पर्यटन र संस्कृति प्रवद्र्धनका कार्यक्रममा समेत भाग लिने भएका छन् । हस्की स्वरले चर्चित उनलाई भव्य स्वागतसहित कलंकीस्थित घरमा लैजाने कार्यक्रम छ । सन् २०२० को अमेरिकी आइडलको संस्करणमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आइपुगेका हुन् । गत महिना उनले लण्डनमा कन्सर्ट गरिसकेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : १० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.