६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सरकारी कर्मचारी र जनप्रतिनीधीको छोराछोरीहरु समुदायीक विद्यालयमा नै पढाउन अध्यक्ष राजु लामाको आग्रह



काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको स्थानिय तहहरु मध्ये एक बिकट मानिने लिसंखुपाखर गाउँपालिकाले गाउँमा रहेको सरकारी बिद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न विभिन्न शैक्षिक योजना अगाडि सारेको छ । स्थानिय तहमा भएको विद्यालयलाई गुनस्तर शिक्षा बनााइ नयाँ योजनासहित गाउँपालिकाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउन अविभाबकहरुलाई आब्हान गरेको छ ।

गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयहरुलाई थप संरचना बनाई गुणस्तर शिक्षा दिलाउने गाउँपालिका अध्यक्ष राजु लामाले जानकारी दिए । गाउँपालिका भित्रका शिक्षक सरकारी कर्मचारी जनप्रतिनीधी हरुले आफ्ना बालबालिका हरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति अगाडि सारिएको छ । नीतिअनुसार अध्यक्ष लामाको पहलमा काठमाडौंमा पढ्ने आफ्ना बालबालिकालाई गाउँ ल्याएर महादेवस्थान आधारभूत विद्यालयमा भर्ना गरेका छन् ।

यस्ता छन् शिक्षा, स्वास्थ ,यातायातको योजना

शैक्षिक गुणस्तर सुधार्न लिसंखुपाखर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका २८ विद्यालयका सबै प्रधानाध्यापकलाई बुधबारबाट कार्यबाहक प्र.अ. बनाएको छ । सोर्सफोर्सको आधारमा प्र.अ. हुने र विद्यालयलाई भताभुंग पार्ने परम्परालाई तोड्न पालिकाले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाभित्र रहेका सबै शिक्षकलाई समान अवसर दिँदै १५ दिनभित्र शैक्षिक विकास योजना (इडिपी) बनाएर शिक्षा शाखामा पेस गर्न सर्कुलर गरिएको छ । जसले गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक योजना तयार पार्छ उसैलाई विद्यालयको प्र.अ. बनाउने लक्ष्य हामीले लिएका छौँ,’ अध्यक्ष लामाले भने । सबैभन्दा पहिला इडिपी तयार गरेर ल्याउन शिक्षकलाई अनुरोध गरिएको उनले बताए ।

एक कक्षाभन्दा तल दुई ग्रेडिङ गरेर इसिडीदेखि कक्षा एकसम्म मन्टेश्वरी शिक्षा दिने योजना छ । आधारभूत तहका सबै शिक्षकलाई मन्टेश्वरी तालिम प्रदान गर्ने योजना रहेको छ । सहरमा पढ्ने बालबालिकालाई गाउँ फर्काउन आफ्नै गाउँ फर्क अभियान चलाउने तयारी गरिएको छ । बेरोजगार भएपछि बालबच्चासहित सहर पसेका स्थानीयलाई गाउँ फर्किनासाथ गाउँपालिकाले रोजगारको व्यवस्था गर्दै छ ।

गाउँपालिकाको अध्यक्ष राजु लामाको पहलमा स्थानियको मागलाई ध्यानाकर्षण गर्दै सुकुटेबाट बाफल सम्म क्यूको बस आंसिक रुपमा आवत जावत गर्ने गरेको त्यहाँको स्थानियहरु बताउछन् । अध्यक्ष लामाले अरुपनि विभिन्न सम्झन योग्य योजनाहरु अगाडि सार्ने र त्यहाँको जनतालाई शिक्षा ,स्वास्थ,यातायातबाट सहज तरीकाले लाभग्राही हरुलाई लाभ दिनको लागि लामा आफु २४ सै घण्टा तयारी रहेको बताएका छन् । पालिकामा भएका विभिन्न धर्म ,संस्कृति ,जातजाति, पर्यटनलाई संरक्षण र प्रबधन गर्ने अध्यक्ष लामाको योजना छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.