१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिंदै कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्बाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका प्रशिक्षण दिने भएको छ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोली ललितपुरको हेरिटेज गार्डेन, सानेपामा अभिमुखीकरण कार्यक्रम हुन लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्दैछन्।

अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष सहभागी हुने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ४ : ३१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.