५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहँदा सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूहको बैठक पनि बस्दैछ।

शनिबार दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाएका छन्। पाँच वटा भ्रातृ संगठनमा नेतृत्व चयन गर्दा सभापति देउवाले आफ्ना समूहलाई नसमेटिएपछि कोइराला रुष्ट छन्।

कोइराला समूहले देउवा अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने तयारीमा देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुग्ने बताइएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १ : २६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.