१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

कुमारी आमा’ निहारिका राजपूतले आज आत्मदाहको प्रयास गरेकी छन्।



काठमाडौं।कुमारी आमा’ निहारिका राजपूत (सोनालीकुमारी सिंह) ले आज (शुक्रबार) आत्मदाहको प्रयास गरेकी छन्।

आफ्ना दुई वर्षीय छोरासहित राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन्। आत्मदाहका लागि शीतल निवास पुगेर शरीरमा पेट्रोल खन्याएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीया निहारिका न्याय माग्दै एक सातादेखि आमरण अनशन बस्दै आएकी थिइन्।

यसअघि जेठ-असारमा उनले पाँच बुँदे माग राखेर काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा अनशन बसेकी थिइन्। सरकारसँग पाँचबुँदे सहमति भएपछि असार २ गते उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी थिइन्।

सरकारले असारमा आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी प्रतिबन्धित क्षेत्रमा अनशन बस्दै आइरहेकी थिइन्। त्यसक्रममा आज आत्मदाहको प्रयास गरेकी हुन्।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.