५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

कागेश्वरी मुलपानी अवस्थित द भेलोसिटी बोर्डिङ स्कुल को प्राङ्गणमा गाई जात्रा २०७९ कार्यक्रम सफल



काठमाडौं । कागेश्वरी मुलपानी अवस्थित द भेलोसिटी बोर्डिङ स्कुल को प्राङ्गणमा गाई जात्रा २०७९ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । गाई जात्रा लाई लक्षित गरेर गरिएको कार्यक्रममा विद्यार्थी साथै अभिभावक को उपस्थित बाक्लो मात्रामा थियो ।

बिशेष गरि बालबालिका लाई गाई जात्राको महत्त्व बुझाउनको लागि यो कार्यक्रम आयोजना गरेको प्रधान अध्यापक रेखा खनालले बताउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नायिका रेखा थापाको उपस्तिथि थियो । आफ्नो बाल्यकालको अनुभव सुनाउदै थापाले भनिन् “म पनि स्कुलमा खुब नाच्थे, ८ कक्षामा पढ्दा मैले अरु विद्यार्थीलाई नाच सिकाएर स्कुलमा लाग्ने शुल्क म आफैले आधा तिर्थे त्यसैले आफ्ना बच्चालाई पनि पढाई बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन पर्छ ।

” देश परिवर्तन गर्नको लागि फिल्मी पर्दामा उभिएर मात्र सम्भव नभएकाले राजनीतिक छेत्रमा आउन परेको सुनाइन् । कार्यक्रमको बिशेष आकर्षकको रुपमा अभियान साहित्य कलाकार समाजकाका कलाकारहरु घनस्याम गौतम (नक्कली प्रचण्ड), सुरेश तिमल्सिना (नक्कली ओलि), सरिता राजोपाध्याय स्कुले बच्चा बनेकी थिइन् भने दिपेश सेढाई (सानू घायल) पत्रकार र रेफ्री बनेर गाई जात्रा प्रस्तुति “कुर्सी माथी देश” लाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गरेका थिए । अतिथिहरु मा डम्बर घिमिरेले क काे कथा ण काे कथा भनेका थिए भने पशुपति दंगालले कविता र खगेन्द्र प्रसाद गुरागाईले आमा गित गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसै गरि कुमार मनि गजुरेलले मोटु पात्लु को आवाजमा विद्यार्थी र अभिभावक लाई मनोरञ्जन प्रदान गरेका थिए । कक्षा ५ का विद्यार्थीहरुले संयुक्त नित्य प्रस्तुत गरेका थिए भने कक्षा ३ का विद्यार्थीहरु ले गित गाएका थिए । शुक्र राज मगरले गित गाएका थिए । शिवको भेषमा शिव ताण्डप नृत्य श्याम कार्किले प्रस्तुत गरेका हुन् । कार्यक्रमको अन्तिममा अहिले निकै चर्चामा रहेकाे प्याराेडी गित “लुटतन्त्र” को नाममा बजारमा आएको जता ततै भ्रष्टचार गनाउछाै गितका गायक कलाकार घनस्याम गौतमले गाएर सुनाएका थिए । गाईजात्रे प्रस्तुति “कुर्सी माथी देश” काे लेखन नक्कली प्रचण्ड घनस्याम गाैतमले गरेका थिए भने निर्देशन सुरेन्द्र क्षेत्रीकाे रहेकाे थियाे भने कार्यक्रम संचालन भने मोहन अभिलासिले गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : ४८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.