६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सोलुदुधकुण्ड : ७५ करोड ५९ लाख भन्दा बढिको बजेट सार्बजनिक(कुन योजनालाई कति?) शिक्षा ,स्वास्थ्य ,भौतिक पूर्बाधार निर्माण र युवा रोजगार कार्यक्रमलाई प्राथमिकता दिने



सोलुखुम्बु।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डले आगामी आर्थिक बर्षमा शिक्षा ,स्वास्थ्य ,भौतिक पूर्बाधार निर्माण र युवा रोजगार कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।

शुक्रबार ७५ करोड ५९ लाख ८४ हजार ५६६ रुपैयाँको बजेट सार्बजनिक गर्दै सो नगरपालिकाले त्यसपछिको प्राथमिकतामा खानेपानी सरसफाइ र कृषि तथा पशुपालनलाई राखेको जनाएको हो।नगरप्रमुख नाम्गेलजाङबु शेर्पाको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख गान्धीमाया तामाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र सार्बजनिक बजेटमा नगरपालिकाको समृद्धि र बिकासमा जोड दिइएको नगरपालिकाले जनाएको छ।

आर्थिक बर्ष २०७९–८० का लागि सार्बजनिक गरिएको बजेटमा शिक्षातर्फ २५ करोड,६८ लाख २० हजार, भवन तर्फ ७ करोड २८ लाख,सडक – पुलतर्फ ७ करोड ५ लाख ४५ हजार, स्वास्थ्यतर्फ ५ करोड ८९ लाख ९५ हजार ,खानेपानी तथा सरसफाइ तर्फ ३ करोड ३७ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ।

त्यस्तै नगरपालिकाले यूवा रोजगार र खेलकुदमा २ करोड ४४ लाख १० हजार, कृषि तथा पशुपालनमा २ करोड २० लाख १५ हजार, पर्यटनमा ७० लाख,ऊर्जा र लघुजलविद्युतमा ३४ लाख, सञ्चार र प्रविधिमा ६७ लाख विनियोजन गरेको छ ।यसैगरी संस्कृति प्रवद्र्धनमा एक करोड २६ लाख ५० हजार, लक्षित वर्गको कार्यक्रमका लागि एक करोड ३३ लाख ५० हजार, वन, वातावरण तथा विपद व्यवस्थापनमा ४५ लाख ५५ हजार र विविधमा १ करोड २६ लाख ५३ हजार बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरि,नगरपालिका र वडा तर्फको चालु कार्यक्रमतर्फ १० करोड ७९ लाख ३६ हजार ५६६, नगरपालिका मार्फत कार्यान्वयन जम्मा ७० करोड,७६ लाख २९ हजार ५६६,संघ मार्फत कार्यान्वयन ४ करोड र प्रदेश मार्फत कार्यान्वयन ८३ लाख ५५ हजार छ।

कुन कार्यक्रमलाई कति ?

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : १८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.