९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

ललितपुरका मेयर चिरिबाबु लाई हाँसने घर काे प्रपाेजल हस्तान्तरण!



ललितपुरका मेयर चिरिबाबु लाई हाँसने घर काे प्रपाेजल हस्तान्तरण! वरिष्ठ हास्य ब्यङ्गकार रामकुमार पाँडेको परिकल्पना रहेको “हाँस्ने घर” समष्टि हाँस्य ब्यङ्ग साहित्यकार तथा कलाकारहरूका लागि विशेष घर हुनेछ ।

यस घरको निर्माणका लागि ललितपुर मेयर चिरिबाबु महर्जन ज्यूले आफ्नो दोश्रो कार्यकालमा निर्माण गर्ने कुरा सार्वजनिक रुपमै घोषणा गरिसक्नुभएको बताइएकाे छ। हालै एक सार्वजनिक कार्यक्रममा उहाँसँग प्राध्यापक पाँडेको नेतृत्वमा हाँस्ने घरका प्रतिनिधिहरू बरिष्ठ हाँस्यब्यङ्ग लेखक तथा प्राध्यापक रामकुमार पाँडे, चर्चित हाँस्य कलाकार किरण केसी , बरिष्ठ कार्टुनिष्ट असाेक मान सिँह, बरिष्ठ सन्चारकर्मी शिराेमणि दवाडी तथा हाँस्य अभिनेता घनश्याम गाैतमकाे टिमले हाँसने घरकाे परियाेजनाकाे बिषयमा थप ध्यानाकर्षण गराएका छन् । ललितपुरमा निर्माण हुने भनिएकाे हाँसने घर नेपालकै एउटा गर्व गर्ने परियाेजना हुने कुरा सन्चारकर्मी तथा सँस्थाका महा सचिब शिराेमणि दवाडीले उद्घाेस गर्नु भएकाे छ! यस अभियानले समस्त हास्य ब्यङ्ग क्षेत्रमा लागेका कवि, कलाकार, चित्रकार र हाँस्य ब्यङ्ग सँग सम्बन्धित सबैलाई समेट्ने गरि एउटा पृथक घर (सँस्थाकाे) परिकल्पना गरेकाे छ!

जहाँ भित्र पस्ने बित्तिकै सबै अागन्तुक हरु हाँस्ने छन मनाेरन्जन लिने छन्! यसले अान्तरिक पर्यटनका साथै बाह्य पर्यटनकाे पनि राम्राे सम्भावना बाेकेकाे कुरा यस परियाेजनाका याेजनाकार राम कुमार पाँडेले जानकारी दिनु भएकाे छ! । सबै जुटेर यस कार्यलाई सफल पारौं ।संसारमै कहीँ नभएको पृथक पहिचान बोकेको हासने घर निर्माण गरौं । भन्ने मुल नाराका साथ सबै हाँस्य कलाकारहरुलाई समेटेर अघि बढ्ने टिमका अभियन्ता कलाकार घनश्याम गाैतमले बताएका छन्! छिट्टै हाँसने घर निर्माण गरि नेपालकाे कला सँस्कृति जगेर्ना गर्ने हास्य ब्यङ्गकाे सँग्रालय समेत अटाउने गरि यसकाे निर्माण गरिने कुरा ललितपुरका मेयर चिरिबाबु महर्जने ले बताउनु भएकाे छ!

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १२ : ०८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.