काठमाडौं, गएराती काठमाडौंमा परेको भारी वर्षाले विभिन्न बस्ती डुबानमा परे । राती नै बागमती किनारामा रहेको टहराबाट नेपाल प्रहरीले ३ जनाको उद्धार गरिएको छ । बाढीका कारण घरभित्रै अलपत्र परेका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो ।
गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । जसको प्रभावले आज विहान पनि पुण्यमती, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च देखिएको छ ।