१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र एमाले अध्यक्ष ओली बीचभेट



काठमाडौँ । सरकारले अगामि मङसिर ४ गते आईतबार एकै साथ हुने संधिय संसद तथा प्रदेश सभाको निर्बाचनको मिति घोषणा सँगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संग भेट गरेका छन् ।

ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए ।

निर्बाचन घोषणा पछि दूई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएकोछ । गएको स्थानीय निर्बाचनमा एमाले र परिवार दलले चुनाबी सहकार्य गरेका थिए । भेटमा स्थानिय निकायको निर्बाचनको समिक्षा हुनुको साथै अगामि निर्बाचनमा पनि दूई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले जानकारी दिए ।

दुबै नेता बिच आपसी सवाद र छलफलको माध्यबाट अगाडि बढने र परिवार दलले एमाललाई स्थानीय निकायमा सर्पोट गरेकोमा अध्यक्ष ओलीले प्रशन्नता ब्यत्त गरेको पौडेलले जानकारी दिएका हुन्। झण्डै २ घण्टा भएको छलफलमा सत्ता गठनबन्घ र अगामि निर्बाचनको बारेमा छलफल भएको पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ३८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.