६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सिके राउत उपेन्द्र यादवबिरुद्ध चुनाब लड्ने



काठमाडौं।जनमत पार्टीका अध्यक्ष डा सीके राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने भएका छन्। सरकारले बिहीवार मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै शुक्रवार जनमत पार्टीका अध्यक्ष राउतले उक्त क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका हुन्।

बिहीवार राति बसेको दलको केन्द्रीय समितिको बैठकले राउतलाई सप्तरी २ बाट निर्वाचन लड्न पार्टीका केन्द्रीय तहका नेताहरुले सुझाव दिएको केन्द्रीय सदस्य बीपी साहले जानकारी दिए। ‘अनलाइन बैठकमा नेताहरुको छलफलअनुसार अध्यक्ष राउतले सप्तरी – २ बाट निर्वाचन लड्ने घोषणा गर्नुभएको हो,’ केन्द्रीय सदस्य साहले भने।

सप्तरी क्षेत्र नम्बर २ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन जितेको क्षेत्र हो। सत्ता गठबन्धनमा समेत रहेका अध्यक्ष यादवले यस क्षेत्रमा टिकट पाएमा दुई अध्यक्षबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

यद्यपि यो क्षेत्रमा कुनै पनि उम्मेदवारले दोस्रोपटक जितेको रेकर्ड नभएकोले यादवले ‘वाकओभर’ गर्नसक्ने बताइएको छ। यादव मोरङ, सुनसरी हुँदै यो क्षेत्रमा निर्वाचन लड्न आइपुगेका हुन्। स्थानीय निर्वाचनमा यस क्षेत्रमा काङ्ग्रेस र लोकतान्त्रिक समाजवादी नेपाल – लोसपाले सुधार ल्याउँदा जसपा भने कमजोर देखिएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : २७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.