मन्दिरा शर्मा पौडेल। सोमबार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ काभ्रेस्थली मा दिनेश पाण्डेले छोरा–छोरी र श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरे ।
यो घटना भएको झण्डै हप्ता दिनअघि मात्रै चितवनमा पनि एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए । वैदेशिक रोजगारीबाट फर्किएका कृष्णप्रसाद आचार्यले आफ्नी पत्नी रुश्मा आचार्यको घाँटी रेटेर हत्या गरी आफूले तीन तलाबाट हाम फालेर आत्महत्या गरे । घटनाको प्रकृति फरक भएपनि दुवै घटनाको कारण भने मिल्दोजुल्दो देखिन्छ, त्यो हो वैदेशिक रोजगारी र परपुरुष संगको सम्बन्ध।पछिल्लो समय वैदेशिक रोजगार,रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको कारणले श्रीमान श्रीमती को सम्बन्ध समझदारी गरेर अगाडि बढाउने भन्दा नी सम्बन्ध विच्छेद गरेर अलग हुने प्रवृत्ति बढेको छ विभिन्न जिल्लामा दर्ता भएका मुद्धा विश्लेषण बाट नी यो कुरा पुष्टि हुन्छ।
प्राय युवा विवाह गरेर विदेश जान्छन् किनकि स्वदेश मा रोजगारीको अवसर छैन, व्यवसाय गर्न लाई पूँजीको अभाव साथै वातावरण नी छैन अनि श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ, उनीहरुले शहरमा विलासी जीवन बिताउन चाहन्छन्, सामाजिक सञ्जालका कारण श्रीमान श्रीमतीमा आशङ्का पैदा हुन्छ, चरित्रको आरोप लाग्छ।त्यति मात्र नभई आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन् भने माथि उल्लेखित हत्या/आत्म हत्या का घटना पनि हुने गरेका छन्।सम्बन्धविच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, संरक्षण नहुँदा बेसाहारा बन्ने समस्या देखिएका छन् यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या नै हुन् ।
विशेष गरी खाडी मुलुक गएका युवक हरुको हक मा यो अवस्था आउँछ किनकि त्यहाँ एक किसिमको बन्धक जस्तै जिन्दगी हुन्छ,नगण्य को बाहेक श्रीमती लाई चाहेर नी साथ मा लान मिल्ने अवस्था हुँदैन अष्ट्रेलिया ,अमेरिका लगायत देशमा जस्तो। अधिकासं ले कमाएको पैसा पठाउने भनेको आफ्नै श्रीमतीलाई हो भबिस्य राम्रो होस् र वर्तमान सूखी होस् भनेर तर केही श्रीमती हरु (सबै हुन्छन् भन्ने आशय हैन )आफ्नो जिम्मेवारी बाट विमुख हुँदा र बहकाउमा लागेर सही र गलत छुट्टयाउन नसक्दा स्थिति यति विकराल हुन पुग्छ की सम्बन्ध विच्छेद देखि हत्या/आत्म हत्या सम्म मा पुगेर टुंगिने अवस्था छ।यो अहिले देखिएको विकराल सामाजिक समस्या हो यसको न्यूनीकरण का लागि सरकार को ध्यान जानु जरुरी छ बेलैमा नत्र भोलि कुनै अर्को ठाउँमा येस्तै घटना दोहोरियो भन्ने अचम्म मान्नु पर्ने छैन।