१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

क्यानडा पठाइदिन्छु भन्दै सात लाख ठग्ने सिन्धुपाल्चोकको बाह्रबिसे घर भएकि महिला पक्राउ



काठमाडौं।क्यानडा पठाइदिने प्रलोभन देखाएर सात लाख ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकि छिन । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएकि तर हालः काठमाडौं बस्दै आएका छिरिङ डोमा शेर्पा पक्राउ परेकी हुन्। शेर्पालाई काठमाडौं उपत्यका अपराध महाशाखाले पक्राउ गरेको हो।

उनले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने र प्रतिष्ठित कम्पनीमा दुई लाख तलब रहेको प्रलोभन देखाएकी थिइन भने १४ लाख लाग्ने भन्दै अग्रिम ७ लाख लिएर फरार भएकी थिइन्।

तामाङले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले महाशाखालाई पक्राउ गर्न पत्राचार गरेको थियो।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ५९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.