काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–४ ४७ वर्षीय प्रेम कुमार गुरुङ गणेशवस्ती बस्ने समेत १२ जना छन् । प्रहरीले उनहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।