१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

विशेष नागरिक सम्मान छायाँकार सुवेदीलाई



काठमाडौं । सामाजिक रुपान्तरणका लागि नागरिक समाजले १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा विशेष योगदान पुर्याए बापत ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ आतिथ्यतामा सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा लामो समय देखि नेपाली चलचित्रमा सिनेमाटोग्राफी गर्दै आइरहेका बरिष्ठ सिनेमाटोग्राफी दिव्य राज सुवेदी पुरस्कृत भएका छन् ।

उनी ‘विशेष नागरिक पुरस्कार २०७९’ बाट परस्कृत भएका हुन् ।कार्यक्रममा वरिष्ठ समाजसेवी तथा खेलकुद पत्रकार पुष्पदास श्रेष्ठ, युवा साहित्यकार भीष्मराज फुलारा, वरिष्ठ वृत्तचित्र सम्पादक मानबहादुर थापा, वरिष्ठ छायाँकारद्वय विश्वनाथ आचार्य र देवु राजवंशी, सञ्चारकर्मी शङ्कर रोक्का र तबलावादक कुन्दन शाह शङ्कर, देउडा गायक दीपेन्द्रप्रसाद दाहाल लगायतलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा बिशेष योगदान पुर्‍याए बापत राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटालाई बिशेष सम्मान गरिएको थियो।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ७ : ०३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.