६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरुले पुन: माइतीघरमा धर्ना दिए



काठमाडौं। नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरुले पुन: माइतीघरमा धर्ना दिएका छन्।

यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरुले माइतीघरमा धर्ना दिएका हुन्। सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरुले जनाएका छन्।

जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोस्रो पटक धर्ना बस्नुपरेको उनको भनाइ छ। पीडितहरुले भूमिहीन बनाइएका किसानहरुको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याजबाहेकको सबै रकम क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने जनाएका छन्।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : ३६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.