३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान सुरक्षा खतराको आशंकामा सन्तोष लामिछानेलाइ प्रहरीले लियो नियन्त्रणमा



काठमाडौं : प्रहररीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानबाट एक जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सन्तोष लामिछाने पक्राउ परेका छन् । उनी सुन व्यवसायी भयको प्रहरीको भनाइ छ।

सुनचाँदी व्यवसायी संघका पदाधिकारीसँगै लामिछाने पनि श्रीमतीसहित मुम्बई जान लागेका थिए। उनीविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना पाएपछि सिआईबीको टोलीले उड्नै लागेको विमान नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।

विमानमा अधिकांश सुनचाँदी व्यवसायीहरु रहेको प्रहरीको भनाइ छ। उनीहरु मुम्बई भ्रमणमा जान लागेको स्रोतको भनाइ छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : २७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.