१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

नेचासल्यानमा बिजुली नहुँदा एकहजार घरधुरी अन्धकारमा



,सोलुखुम्बु।बिजुली बन्द भएपछि सोलुखुम्बुको नेचा सल्यानका एक हजार घरधुरीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

सोलुखोला टुइनटार लघुजलविद्युत आयोजनाको मेसिनमा आएको खराबिका कारण नेचा सल्यानका बासिन्दा अन्धकारमा बस्नु परेको हो ।
बिगत लामो समयदेखि रुग्न अबस्थामा रहेको उक्त आयोजना अघिल्लो स्थानीय सरकारले गाउँपालिकाबाट लगानी गरी संचालनमा ल्याएको थियो । अहिले निर्बाचित सरकारले आयोजनामा लगानी नगर्ने मनसाय राखेपछि विद्युत उत्पादनमा समस्या भएको स्थानीयको गुनासो छ । सोलुखोला टुइन्टार लघुजलविद्युत विद्युत आयोजनाको हालसम्म उपभोक्ता समिति समेत गठन भएको छैन। उपभोक्ता समिति गठन नभएको अबस्थामा गाउँपालिका नै यस आयोजनाको जिम्मेवार निकाय भएको कारण दैनिक ज्यालादारीमा कर्मचारी राखेर विद्युत संचालन गरिएको आयोजनामा समस्या आएको २० दिन भन्दा लामो समय भइसक्दा पनि विद्युत उत्पादन नहुँदा स्थानीय बासिन्दाको दैनिक कृयाकलापमा समेत असर परेको छ ।

गाउँमा संचालन गरिएका लघु उद्योग कुटानी पिसानी मिल, मोटरसाइकल वर्कसप, तथा बिभिन्न कलकारखाना समेत बन्द रहेका छन् ।त्यसका साथै मिल बन्द हुंदा पशुपालन तथा दैनिक उपभोग्य सामानमा समेत समस्या परेको छ । मेसिनको मर्मतका लागि सामान अर्डर गरी सकेको र अब छिट्टै मर्मत पछि विद्युत संचालनमा आउने नेचा सल्यान गाउँपालिका उपप्रमुख बिना राईले जानकारी दिनुभयो।( सांकेतिक तस्बिर)

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.