विराटनगर । धरानका मेयर हर्क साम्पाङ शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा पुगे। सहकारी संघर्ष समितिका नाममा केहि स्थानीयले कार्यालयमा तोडफोड गरेपछि उनले प्रहरीकोमा पुगेर किटानी जाहेरी दिए
।
मेयर साम्पाङले सोमबार बराह सहकारी पीडित संघर्ष समितिका दुई जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिए । त्यसलगत्तै नेकपा एमालेकी एक नेतृले उनलाई उल्टै मुद्दा हाल्ने धम्की दिएकी छिन।
आइतबार बराह पीडित संघर्ष समितिको नाममा आएका एक हुलले कार्यालयमा तोडफोड गरेको भन्दै धरान-१५ का खगेन्द्र नेपाली र धरान-१६ का प्रदीप बास्तोला विरुद्ध हर्कले धरान प्रहरीमा किटानी जाहेरी गरे ।