८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपालले आगामी भदौ ४ गते शनिवार पाँचौ विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने



काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाललेआगामीभदौ ४ गते शनिवारपाँचौ विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

निसानले प्रत्येक वर्ष आयोजना गर्ने गरेको भएतापनि कोभिडका कारणले विगत २ वर्ष देखि आयोजना गर्न सकेको थिएन । विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई उजागर गर्दै लोक संस्कृति र मौलिक पहिचान प्रति परिचित गराउँने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।गोकर्णेश्वर नगरपालिका वडा नं–८,अवस्थित नविल फुडल्याण्डमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा करिव ३० विद्यालयका ५०० विद्यार्थीहरुले सहभागिता जनाएर आफ्नो प्रतिभा देखाउने मौका पाउने कुरा निसानका अध्यक्ष सौर्यनाथ आचार्यले बताउनु भयो ।

उक्त कार्यक्रममा निसानमा आवद्ध सदस्य विद्ययालय मध्ये २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)मा प्राप्त नतिजा अनुसार उत्कृष्ट तीन विद्यालय तथा उत्कृष्ट जि.पि.ए ल्याउन सफल तीन विद्यार्थीलाई पनि सम्मान गर्ने संस्थाका महासचिव नवराज सापकोटाले बताउनु भयो ।उक्त कार्यक्रमले विद्यालय वीच स्वस्थ्य प्रतिस्पर्धा सिर्जना भइ शैक्षिक गुणस्तर उकास्न योगदान पुग्ने संस्थाको बुझाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ५५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.