१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

आज प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई भेट्दैअमेरिकी सहायक विदेशमन्त्री लू



काठमाडौं। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन् ।

सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि सहायक विदेशमन्त्री लू तीन दिने नेपाल भ्रमणका लागि बिहिवार काठमाडौं आएका हुन्।काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री लूले बिहीबार नेपाल आएलगत्तै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका थिए।लुले विभिन्न व्यावसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग लूले भेट गर्ने कार्य तालिका रहेको दूतावासले जनाएको छ।

सरकारले एसपीपीमा संलग्न नहुने निर्णय गरेको भएपनि निर्णयको पत्र अमेरिकालाई अझै पठाइसकेको छैन । सहायक विदेशमन्त्री लू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि गत वर्ष मङ्सिर १ मा नेपाल आएका थिए । उनको भ्रमणसँगै नेपालले एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ३० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.