३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

‘अब कांग्रेससंगकै गठबन्धनलाई निरन्तरता दिन्छौं’एमालेसंग मिल्ने सम्भावना सकिएको भन्दै प्रचण्डले भने



काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्ने सम्भावना अब सकिएको बताएका छन्।

२०७४ को निर्वाचनमा गठबन्धन गरेका माओवादी केन्द्र र एमालेबीच मिल्ने सम्भावनाको खोजी भइरहेका बेला प्रचण्डले यस्तो बताएका हुन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङका क्रममा प्रचण्डले एमालेको प्रशंगमा अडान प्रष्ट्याएका हुन्।

‘अब एमालेसँग गठबन्धन वा तालमेलको च्याप्टर क्लोज भएको छ’, उनले भने, ‘त्यो सम्भावना तत्कालका लागि अन्त्य भएको छ।’

अहिले एमाले र माओवादीका केही नेताहरुबीच दुई दलबीच गठबन्धन गर्नुपर्ने विषयलाई लिएर छलफल भइरहेको छ।

उनले अब वाम दलहरुबीच समाजवादी केन्द्र बनाए पनि आगामी चुनावसम्म कांग्रेससँगकै गठबन्धन कायम गरेर जाने बताए।

‘अब आगामी चुनावसम्म एमालेसँग गठबन्धनको च्याप्टर क्लोज भयो,’ प्रचण्डले बैठकमा भने, ‘तत्कालका लागि त्यो सम्भावना छैन। हामी कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ।’

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ४ : ३८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.