बग्दाद। केही दिनअघि श्रीलंकामा आर्थिक संकट आएपछि जनताले प्रदर्शन गर्दै राष्ट्रपति भवन प्रवेश गरेका थिए। अहिले इराकमा पनि यस्तै अवस्था सिर्जना भएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीहरूले इराकको राजधानी बग्दादमा रहेको संसद भवनमा छिरेरै तोडफोड गरेका छन्।