सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिकास्थित नाम्चे युवा समुहले तेस्रो ङिम दोर्जी शेर्पा स्मृति गोल्ड कप वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
गाउँपालिकाका प्रथम अध्यक्ष स्वर्गीय ङिम दोर्जी शेर्पाको स्मृतिमा गरिने वडास्तरीय सो प्रतियोगिता भाद्र ९,१० र ११ गते आयोजना गरिने क्लबका खेलकूद संयोजक लामाकाजी शेर्पाले जानकारी दिए।
गाउँपालिकाको वडा नं-५ नाम्चेको जम्बला होम अगाडीको खेल मैदानमा आयोजना प्रतियोगितामा प्रथम हुनेलाइ पाँच लाख बराबरको गोल्डकपका साथमा मेडल र प्रमाणपत्र द्वितीयलाई ६० हजार ट्रफी,मेडल र प्रमाणपत्र ४० हजार नगदकासाथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
गाउँपालिका भित्र रहेका युवा समुह /क्लब/वडा/विद्यालय/ सामुदायिक बन लगायतका संघ संस्थाहरुले मात्र सहभागी हुन पाउने प्रतियोगिताका लागि भाद्र ८ गते कार्यालय समय भित्र टिम दर्ता गरि सक्नुपर्ने र दर्ताका लागि पाँच हजार शुल्क राखिएको आयोजकले जनाएको छ।
गाउँपालिकाका एउटा वडाका खेलाडी अर्को वडाको टीममा सहभागी हुन नपाइने सो प्रतियोगिताका उत्कृष्ट ९ जना खेलाडीहरुलाई पालिका स्तरिय टिम माथिल्लो स्तरको प्रतियोगिताहरुमा सहभागिता जनाउन अवसर प्रदान गरिने आयोजकको भनाई छ।