६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

मैले जस्तै पिडाको सामना अरुले गर्नु नपरोस् दया श्री प्रधान



मैले जस्तै पिडाको सामना अरुले गर्नु नपरोस् ः दया श्री प्रधान नेपालको प्राकृतिक सम्पदा लाई मन नपराउने को होला ? यहि प्राकृतिक सम्पदा भित्र रहेका जोखिम न्युनिकरण गर्न नसक्दा आन्तरीक तथा बाह्य पर्यटकहरुले अकालमा आफ्नो ज्यान गुमाईरहेको घटना प्रशस्तै मात्रामा देख्न र सुन्न पाईन्छ । यस्तै घटनाको शिकार बनेका एक पात्र हुन बाबुराम प्रधान ( दया श्री ), सिन्धुपाल्चोकको तौथली मा जन्मिएर कपन क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका उनि एक सफल ब्यबसायी पनि हुन् ।

लामो समय देखि ग्रील तथा स्टील ब्यबसायमा लागेका प्रधान सामाजिक काम तथा धर्मकर्ममा अत्यन्तै रुचि राख्ने ब्यक्ति भएको उनका साथि भाई हरु बताउँछन् । ब्यापार, ब्यबसाय, समाज, धर्म कर्म ,राजनिति तथा पारिवारीक अबस्था समेतलाई सहजरुपमा अगाडी बढाईरहेका प्रधानको जीवनमा अकल्पनिय दुखद घटना घट्न पुग्यो । जुन घटना आज उनको जीवनमा घटेको छ त्यस्तो अरुकसैलाई पनि नपरोस् भनेर उनले सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएका छन् । दया श्री प्रधानको १५ बर्षिय छोरा शुभम श्री प्रधान एस ई ई को परिक्षा सकेर रिजल्ट आउने पर्खाईमा बसिरहेका थिए ।

फुर्सदको समयको सदुपयोग गर्न आफ्ना केहि साथिहरु सहित उनि २०७९ साउन ७ गते सुन्दरीजल स्थित बागमती खोला क्षेत्रमा पुगेका हुन्छन् । रमाईलो गर्न पुगेका शुभम सेल्फि खिच्ने क्रममा ढुङ्गामा चिप्लिएर खोलामा खस्न पुग्छन् र त्यतै हराउँछन् । संगै गएका साथिहरुले हार गुहार गरेर खोज्ने प्रयास त गर्छन तर फेलापार्न सफल हुँदैनन् । आफ्नो छोरा बेपत्ता भएको खबर पाउनासाथ बिक्षिप्त बनेका दया श्री ले सम्बन्धित सबैनिकाय संग सहयोग मागेर छोराको खोजि गर्न लागि पर्छन् । बेपत्ता भएको १ दिन पछाडी शुभमको मृत शरिर फेला पर्छ । छोरा न जिउँदै भेटिन्छ कि भनेर आशमा रहेका सबै परिवार र आफन्तहरुमा एक किसिमको कोलाहाल मचिन्छ । यि सबै अवस्थालाई आफु बिक्षिप्त भएर पनि दया श्री ले सम्हालि रहेका हुन्छन् । छोराको पाथिर्व शरिरलाई पोष्टमार्टम गरेर पशुपती आर्यघाटमा हजारौं शुभ चिन्तक र आफन्तहरुको बिचमा सदगद गरी फर्कदा सम्म पनि दया श्री लाई आफ्नो छोरा गुमाउनु पर्दा को पिडा ले त पोलेको छ नै त्यो भन्दा बढी अब त्यहि ठाउँमा अरुकसैले पनि छोरा गुमाउनु नपरोस् भन्ने कुराको चिन्ता लागि रहेको देखिन्छ । उनले यो बिषयमा सम्बन्धित सबै निकायहरुलाई घचघच्याई रहेका छन् ।

आफ्नो संस्कार अनुसार छोराको काजकृयामा रहेका दया श्री अब त्यस ठाउँको कारण कुनैपनि आमा बुबा ले आफ्नो जस्तो पिडा भोग्नु नपरोस् भनेर सुन्दरीजल क्षेत्र सुधारमा आफ्नो सकृय सहभागिता रहने बताउँछन् । कपनको साइपाल एकेडेमी बाट एस ई ई दिएर बसेका उनको छोरा को मृत्युको सत्य सथ्य छानबिन गरी यस्तो घटना दोहारीन नदिन सबै सरोकारवाला निकाय तथा आम अभिभावकहरुलाई उनले सचेत समेत गराएका छन् । यदि सबैको साथ र सहयोग भएमा त्यो क्षेत्रको सुधारको लागि आफले सक्दो सहयोग गर्ने तथा त्यो ठाउँमा एउटा मन्दिर र छोराको शालिक बनाएर राख्न आफु ईच्छुक भएको उनले बताएका छन् । त्यो क्षेत्र सुधार तथा मन्दिर निर्माणको बिषयमा प्रारम्भिक सहमति जुटीसकेकोले छिटै कार्यन्वयन हुने कुरामा आफु बिस्वस्त रहेको परिवार श्रोतले जनाएको छ । परिवार श्रोत भन्छ “ हामिले जुन पिडा भोग्नु परेको छ त्यो अरु कसैलाई पनि नपरोस् ” ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ०४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.