८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सोलुखुम्बु थुलुङ दुधकोसीले गर्‍यो खडा ४० लाखको बिपद् कोष, बिस्थापित परिवारलाई १० हजार दिइने



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले ४० लाखको विपद् कोष निर्माण गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले बाढीपहिरोलाई लक्षित गरी ४० लाखको कोष निर्माण गर्ने निर्णय गरेको हो ।

यस्तै विपदमा परी पुर्ण बिस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने सिफारिससहित १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने पनि निर्णय गरिएको छ । गाउँपालिकाको वडा नं- ५ जुबु र वडा नं-६ मुक्लीका केहि वस्ती जोखिममा परेको बताइएको छ ।

सोही बैठकले गाउँपालिकाको विभिन्न शाखामा रहि कार्यरत कर्मचारीको करार अवधी ६ महिनाको लागि थप गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नं.७ र ८ लाई लक्षित गरि अस्थायी प्रहरी पोष्ट स्थापनाको लागि अनुरोध गर्ने पनि निर्णय गरिएको छ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा निर्माणको क्रममा रहेका योजनाहरुको प्रगति विवरण सम्बन्धित पक्षबाट पेस गरिएको पनि प्रबक्ता कार्कीले जानकारी दिनुभयो।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ११ : ३४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.