५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

लोकतान्त्रिक शेर्पा संघ नेपालको महाधिवेशन साउन २८ गते हुने



काठमाडौं।लोकतान्त्रिक शेर्पा संघ नेपालको महाधिवेशन यहि साउन २८ गते स्मार्ट पार्टी भेन्यु काठमाडौंमा हुने भएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले गर्नु उद्घाटन गर्नुहुने महाधिवेशन भव्यतापूर्बक सम्पन्न गर्न लोकतन्त्रिक शेर्पा संघ नेपालका अध्यक्ष आङदामी शेर्पाको नेतृत्वमा ५०१ सदस्यीय आयोजक समिति त्यस अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको संघले जनाएको छ।

नाम्गेल शेर्पाको नेतृत्वमा सचिवालय समिति, आङकाजी शेर्पाको नेतृत्वमा आर्थिक समिति,आङ पेम्बा शेर्पाको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन समिति,लामाबाउ शेर्पाको नेतृत्वमा प्रचार प्रसार समिति,पेम्बा शेर्पाको नेतृत्वमा स्वयंसेवक तथा मन्च व्यवस्थापन समिति,आङदेण्डी शेर्पाको नेतृत्वमा आवास,ल्हाक्पा तेन्जी शेर्पाको नेतृत्वमा सांस्कृतिक,नाम्गेल शेर्पाको नेतृत्वमा प्रतिवेदन,आङ पेम्बा शेर्पाको नेतृत्वमा बिधान मस्यौदा उप समितिहरु गठन भएको प्रचार प्रसार उपसमितिका सदस्य नुरु शेर्पा जानकारी दिए।

सो महाधिवेशन सम्पन्न गर्न नेकपा एमालेका केन्द्रिय सदस्य पासाङ शेर्पा र पुर्वमन्त्री कृपासुर शेर्पाले निरन्तर रुपमा अनुगमन गरिहेका छन् ।

लोकतन्त्रिक शेर्पा संघ नेकपा एमालेमा आवद्ध रहेका शेर्पाहरुले स्थापित गरेको संस्था हो । नेकपा एमालेभित्र रहेर शेर्पा जातिको हक हित र अधिकारका मुद्धा उठान गर्नु साथै शेर्पा जातिको धर्म,भाषा,कला र संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने कार्य गर्दछ ।

महाधिवेशनमा देशभरबाट लगभग २००० जना एमाले सर्मथित शेर्पाहरुको सहभागीता रहने बताईएको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १२ : ०१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.