केदार बस्नेत काठमाण्डौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले प्रदेश नम्बर १ को नाम सगरमाथा राख्नुपर्ने बताउनु भएको छ।आज सामाजिक सञ्जाल मार्फत एक सन्देशमुलक स्ट्याटर्स पोष्ट गर्दै केसीले सगरमाथाले विश्वलाई नै प्रतिनिधित्व गरेको छ सामाजिक सद्भाव र एकता अक्षुण राख्दै यो प्रदेशलाई यथाशीघ्र सगरमाथा प्रदेशको नामबाट नामकरण गर्न प्रदेश सरकार र सांसदहरूलाई अनुरोध गर्नुभएको छ।
सगरमाथा विश्वकै अग्लो सर्वो शिखर हो यस प्रदेशमा १४ वटा जिल्लाहरु रहेका छन् अस्थिर सरकारको मुख्य कारणले प्रदेश १ को नाम नटुङ्गिएको सरोकारवालाहरुले बताएका छन्।विगत एमालेको सरकार थियो भने अहिले गठबन्धनको सरकार छ।९३ प्रदेश सांसद रहेको उक्त प्रदेशमा एमालेसँग ३९, नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकतृ समाजवादीसँग १०, जसपासँग ३ र राप्रपा र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चसँग एक–एक सांसद रहेका छन् ।