खगिन्द्र राज बास्तोला,सोलुखुम्बु ।खुम्बु पासाङल्हामु गाउँपालिकाभित्र उत्पन्न हुने फोहोर तथा प्रदुषण न्युनीकरण र ब्यबस्थापनका लागि कार्ययोजना निर्माणका लागि फोहोर ब्यबस्थापन योजना तर्जुमा समिति गठन गरिएको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति SPCC र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त बैठकले आईतवार सो समिति गठन गरेको गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।
प्रबक्ता शेर्पाका अनुसार १३ सदस्यीय फोहोर व्यवस्थापन योजना तर्जुमा कार्यदलको संयोजकमा लामाकाजी शेर्पा, सदस्य सचिव मोहनप्रसाद चापागाईं, सदस्यहरूमा ५ ओटै वडाका वडाध्यक्ष, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधि, NMA का प्रतिनिधि, TAAN का प्रतिनिधि, SPCC का प्रतिनिधि २ जना, पर्यटन विभागका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
समितिले तयार गर्ने फोहोर ब्यबस्थापन योजनाको आधारमा फोहोर ब्यबस्थापन कार्य गर्ने निर्णय भएको पनि उनले बताए।
बैठकले SPCC को कार्यक्षेत्र गाउपालिकाको पाँचै वटा वडामा विस्तार गर्ने निर्णय पनि गरेको छ।