५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

खुम्बु पासाङल्हामु : चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अध्यक्षमा आङ नुरु शेर्पा चयन



सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकास्थित चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अध्यक्षमा आङ नुरु शेर्पा चयन भएका छन् ।

गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले आङ नुरु शेर्पाको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन गरेको हो । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि समितिका पदाधिकारी तथा सदस्यहरुको पद रिक्त थियो ।

समितिका ज्येष्ठ सदस्य दा छिरी शेर्पाको अध्यक्षतामा सम्पन्न भेलाद्वारा पुनर्गठित समितिको उपाध्यक्षमा किरण राई,सचिवमा फुनुरु शेर्पा,कोषाध्यक्षमा दावा गेल्जेन शेर्पा,सहसचिवमा आङ दाली शेर्पा र सदस्यहरुमा दा छिरी शेर्पा,पासाङ नुरु शेर्पा,आङ सार्की शेर्पा, याङजी राई,ङिमा ल्हामु शेर्पा,फु डोमा शेर्पा,आङ रिता शेर्पा,आङ गेलु शेर्पा,पाल्देन डोमा शेर्पा र ङिमा दावा शेर्पा रहेका छन् ।

पुनर्गठन कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पा, वडा नम्बर ३ का वडाध्यक्ष नुरु जाङबु शेर्पा, वडा नम्बर २ का वडाध्यक्ष आङ फुर्बा शेर्पा, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, कार्यपालिका सदस्य ल्हाक्पा गेल्जेन शेर्पा, सगरमाथा राष्ट्रिय निकुञ्जका रेन्जर श्याम प्रकाश तामाङ चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको १० वटै समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

उपभोक्ता समितिका पूर्ब अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पा खुम्बु पासाङल्हामु गाउपालिकाको कार्यपालिका सदस्य, , सचिव नुरु जाङबु शेर्पा वडा नम्बर ३ को वडाध्यक्ष र समितिका सदस्य ल्हाक्पा गेलु शेर्पा वडा नम्बर २ को वडा सदस्यमा निर्वाचत र उपाध्यक्ष नाम्गेल शेर्पा गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षको उम्मेदवार बनेपछि वहाँहरुले आ-आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ४२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.