७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु



अछाम।पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । (सांकेतिक तस्बिर)

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.