६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

काङ्ग्रेस खोटाङको अर्को बैठक भदौमा



खोटाङ।नेपाली काङ्ग्रेस खोटाङको अर्को बैठक भाद्र १ गते बस्ने भएको छ।गत ५ गते बिहिवार देखि २ दिनसम्म निरन्तर बसेको जिल्ला कार्यसमितिको बैठकमा स्थानीय निर्वाचनको समिक्षा र पार्टीको भावी रणनीतिका बारेमा बृहत् छलफल भएको जिल्ला सभापति बिष्णुकुमार राईले जानकारी दिनुभयो।

कार्यसमितिको बैठकमा पदाधिकारी तथा सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु वडा तथा पालिकाका प्रमुखहरु क्षेत्रीय प्रतिनिधिहरु तथा भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियोे।

कार्यसमितिको बैठकमा उपस्थित हुनेहरूले पार्टीलाई मजवुत बनाउन सुझाव दिएका थिए।काङ्ग्रेस खोटाङले ५ गते नेता तथा कार्यकर्ताहरुसँग वृहत् छलफल ६ गते हिजो शुक्रबार कार्यसमितिको पुर्ण बैठक यस्तै पार्टीका स्वर्गीय नेता देशका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईराला(बी:पी)को ४० स्मृति दिवसका दिन उहाँको तस्वीरमा माल्यर्पण गरि  पार्टी कार्यालय बी:पी स्मृति भवन दिक्तेलमा जिल्ला कार्यसमितिको बैठक  सम्पन्न भएको सभापति राईले बताउनुभयो।आगामी संसदीय निर्वाचनमा  पार्टीलाई संघ र प्रदेश सभा दुवैमा विजयी गराउने मुख्य उदेश्य रहेको सभापति राईको भनाई छ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : ४० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.