९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

बोलेरो दुर्घटनामा घाईते अध्यक्ष राईलाई सामाजिक सञ्जालमा पुर्ण स्वास्थ्य लाभको कामना(अधिकांशको नामसहित)



सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई सवार बोलेरो उदयपुरमा दुर्घटना भएको  छ।अध्यक्ष राईसहित सवारी चालक झमक विश्वकर्मा र यात्रु देबिचरण कटेल सामान्य घाईते भएका छन्।३ यात्रु रहेको बोलेरो त्रियुगा नगरपालिकाको चिसापानीमा बिहान दुर्घटना भएको हो।प्रदेश नम्बर ३–०१–०२३ च ८०५८ नम्बरको बोलेरो झापाबाट सोलुखुम्बु हिडेको थियो।घटनास्थलमा स्थानीयहरु नजिकै रहेकाले घटना भएको बोलेरोमा सवार यात्रुहरूलाई धानबारीबाट निकाल्न सफल भएको एक स्थानीयले सोलु एचडी खबरलाई बताएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पुर्वमन्त्री बलबहादुर केसीले बोलेरो दुर्घटनामा परेका अध्यक्ष राईसहित चालक विश्वकर्मा र यात्रु कटेललाई स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ।केसीले सामाजिक सञ्जालमा घाइतेहरुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुभएको छ।यस्तै  नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीको सचिवालयले स्वास्थ्य लाभको कामना गरेको छ। संघीय महाधिवेशन प्रतिनिधि समेत रहनु भएका कार्की ७४ को संसदीय निर्वाचनमा प्रदेश सभा(क)को प्रत्यासी उम्मेदवार हुनुहुन्थ्यो।नेचासल्यान अध्यक्ष राई त्यतिबेला पनि प्रदेश सभापति हुनुहुन्थ्यो भने अहिले पनि राई नै कांग्रेसको प्रदेश सभा(क)को सभापति पनि हुनुहुन्छ।

यसैबीच नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति तथा सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा,सचिव युवराज घिमिरे,प्रदेश उपसभापति फुर्तिमान तामाङ,नेकपा माओवादी केन्द्र सोलुखुम्बुका संयोजक तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई नेचासल्यान उपाध्यक्ष विना थुलुङ नेकपा एमाले सोलुखुम्बुका प्रचार विभाग प्रमुख मुक्ति बास्तोला यस्तै कांग्रेस निकट नेताहरु अन्य राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले घाईते ३ जनाको नै स्वास्थ्य प्रति शुभेच्छा व्यक्त गर्दै स्वास्थ्य लाभको सामाजिक सञ्जाल मार्फत कामना गरेका छन् ।

गाउँपालिका अध्यक्ष राई नेपाली काङ्ग्रेस  सोलुखुम्बुको प्रदेश सभा(क)को सभापति,पुर्व जिल्ला सचिव तथा २०४९ को चुनावमा गाउपालिका उपाध्यक्ष र २०५४ मा अध्यक्ष भै सक्नु भएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ११ : २८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.