९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला ।



एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला ।

झापाको कचनकवल गाउँपालिका–५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए ।

आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् ।पारिवारिक श्रोतका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए । ‘सामूहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.