८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सशस्त्रका १६ जना एसएसपीको बढुवा सिफारिस



काठमाडौँ।सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीको बढुवाका लागि सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । कामु एसएसपी दिपेन्द्र कुंवर पनि बढुवाका लागि सिफारिस भएका छन्् । त्यस्तै महानिरीक्षकको सचिवालयमा रहेका विष्णु भट्ट बढुवा भएका छन् ।

बढुवामा दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा,किरण बस्नेत र माधव पौडेल,उद्धव बहादुर न्यौपाने,राजेन्द्र खड्का र नरेन्द्र सेन बढुवा भएका छन् । त्यसैगरी एसपीबाट किरण ढुंगाना र शंकर खनाल एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त पौडेल सदस्य सचिव छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : ०५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.