१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

फोटोसहितको मतदाता नामावलीका लागि सोलुखुम्बुमा झण्डै चौध सयले भरे फारम



गार्डेन राई,सोलुखुम्बु।जिल्लामा फोटोसहितको मतदाता नामावली भर्नेको संख्या एक हजार तीन सय ७४ जना पुगेको छ । असार १ गतेदेखि सुरु भएको नामावली फाराममा हालसम्म एक हजार ३ सय ७४ जनाले नामावली दर्ता गरेको निर्बाचन कार्यालय सोलुखुम्बुले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार जिल्ला निर्बाचन कार्यालयबाट तीन सय ६८ जना, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट ६ सय ४२ जना र इलाका प्रशासन कार्यालय सोताङबाट तीन सय ६४ जनाले नामावलि दर्ता गराएका हुन् ।

यसैगरी त्रुटी सच्याउनेको संख्या १९ जना पुगेको छ भने निर्वाचन केन्द्र सार्नका लागि एक सय २२ जनाको निवेदन परेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

फोटो सहितको मतदाता नामावली भर्नका लागि नागरिकताको प्रतिलिपि एक थानसहित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रावधान रहेको छ ।

यस्तै त्रुटी सच्याउनका लागि नागरिकताको प्रतिलिपिको साथमा मतदाता परिचय कार्डको प्रतिलिपी लिएर व्यक्ति स्वयं उपस्थित भइ फाराम भर्नुपर्ने साथै मतदाता नामावली निर्वाचन केन्द्र सार्नका लागि पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, मतदाता परिचय कार्डको प्रतिलिपि, विवाह गरेको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि लिएर व्यक्ति स्वयम उपस्थित भएर फाराम भनुपर्ने प्रावधन रहेको निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सरकारले प्रदेश तथा संघिय निर्वाचनलाई मध्येनजर गर्दै असार १ गतेदेखि १८ वर्ष पूरा भएकाहरुका लागि फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको थियो।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : ५० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.