गार्डेन राई,सोलुखुम्बु।नमुना दुधकुण्ड आयल पम्प स्टोर्स आजबाट सुरुवात भएको छ । स्टोर्सको अन्तिम चरणको कार्य सम्पन्न भएसँगै सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-७ गार्मामा सो स्टोर्स सञ्चालनमा आएको हो।आयल स्टोर्स सञ्चालनका लागि २०७७ चैत्र ३० गते नेपाल आयल निगमबाट स्वीकृती प्राप्त भएको नमुना दुधकुण्ड आयल पम्प स्टोर्सका प्रोपाइटर तोरण कुमार श्रेष्ठले जानकारी दिनुभयो । स्वीकृति प्राप्त गरेलगतै निर्माण सुरु गरिएको पप्प करिब दुई करोड रुपैयाको लागतमा साउनमा निर्माण सम्पन्न भएको हो ।
उक्त पम्पबाट आयल निगमद्वारा निर्धारित मूल्यमा २४ घण्टा नियमित रुपमा सेवा प्रदान गरिने प्रोपाइटर श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार अहिले डिजेल १८३.३० पैसा र पेट्रोलको मूल्य १९५.३० पैसा रहेको छ ।
सोलुखुम्बुमा एक वटा मात्र पेट्रोल पम्प सञ्चालनमा रहेकोमा अब दुई वटा सञ्चालनसगै सेवाग्राहीलाई सहज हुने हुने अपेक्षा गरिएको छ ।