काठमाडौं।भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । उनी एनडीए गठबन्धनबाट राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
बिहीबार राति प्राप्त मतगणनाअनुसार उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी छन् ।
भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्टोरल मतमध्ये द्रौपदीले आधाभन्दा बढी मत पाएकी छिन् ।भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ ।
नवनिर्वाचित राष्ट्रपति मुर्मूले जुलाई २५ मा शपथ लिने कार्यतालिका रहेको छ । भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी महिला हुन् ।